बितेको२४ घण्टामा देशभर ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२५ माघ २०७७, आईतवार १८:२१ प्रकाशित

काठमाडौं २५ माघ :

बितेको२४ घण्टामा देशभर ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २ हजार २५१ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ८३ जना पुरुष गरी कुल ११९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै कुल संक्रमित संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६८ हजार ७२ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ हजार ८१५ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ९३१ जना होम आइसोलेसनमा, ५६ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ

२५ माघ २०७७, आईतवार १८:२१  मा प्रकाशित

Write your Comment