बितेको २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

७ फाल्गुन २०७७, शुक्रबार १८:१० प्रकाशित

काठमाडौं ७ फागुन :
बितेको २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा २ हजार ९३१ जनाको नमुना परीक्षण गर्दा ३१ जना महिला र ६६ जना पुरुष गरी कुल ९७ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै कुल संक्रमित संख्या २ लाख ७३ हजार २६३ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ६१९ जना संक्रमणमुक्त भएका छन् भने कुल २०६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

७ फाल्गुन २०७७, शुक्रबार १८:१०  मा प्रकाशित

Write your Comment