मालपोत कार्यालय सिमराका प्रमुख ६ लाख घुससहित रङ्गेहात पक्राउ

८ फाल्गुन २०७७, शनिबार १०:०६ प्रकाशित

बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् । बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुुब्बा खनाल अख्तियारको नियन्त्रणमा पुुगेका हुन् ।

जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पक्राउ गरेको हो । उनीहरुलार्ई अमलेखगञ्जस्थित एक होटलबाट घुसवापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो ।

८ फाल्गुन २०७७, शनिबार १०:०६  मा प्रकाशित

Write your Comment