ओली छिटै बालकोट फिर्ता हुदैछन -पुर्व अर्थमन्त्री पाण्डे

८ फाल्गुन २०७७, शनिबार १८:३३ प्रकाशित

बारा ८ फागुन :
नेकपा स्थायी कमिटी सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले केहि दिनमै प्रधानमन्त्री ओली बालकोट फर्किने दाबी गर्नुभएको छ । उहाँले अब प्रतिनिधि सभा पुनःस्थापना हुने र प्रतिनिधिसभाले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि उहाँ बालकोट फर्किने दाबी गर्नुभयो । बाराको निजगढमा आयोजित नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो “ओलीजी चुनाव गर्छु भनेर भ्रम छर्दै हुनुहुन्छ, प्रतिनिधि सभा पुनःस्थापना हुन्छ ओलीलाइ प्रधानमन्त्री बाट हटाउने प्रस्ताव पाति हुन्छ,सूर्य चिन्ह र पार्टीको आधिकारिकता हाम्रो हुन्छ” । उहाँसँग पार्टी नयां खोल्न सक्ने संख्या समेत नभएको उल्लेख गर्दै ,यदि चुनाव भयो भने देश बर्वादी तर्फ जाने र ओलीजीको हालत २०५६ सालको मालेको जस्तो हुने दाबी समेत गर्नुभयो । पुर्व अर्थमन्त्री पाण्डेले ओलीले काम गर्न नसकेका कारण संसद् विगठन गरेको उल्लेख गर्दै अब जनताले ओलीका खोक्रा आश्वासन नपत्याउने स्पष्ट पार्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य युवराज चौलागाईंले आन्दोलनको बलमा नै ओलीलाई हटाउने दावी गर्नुभयो ।कार्यक्रममा बोल्दै पूर्व मन्त्री पुरुषोत्तम पौडेलले ठूलाठूला तानाशाहलाई आन्दोलनको बलमा हटाएको स्मरण गर्दै ओली तानाशाहको बाटोमा जान लागेको हुनाले उनको पनि धेरै दिन नरहेको दावी गर्नुभयो । बेनी बहादुर मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, जिल्ला सचिव सुन्दर बहादुर विश्वकर्मा लगायतले सम्बोधन गर्नुभएको थियो  ।

८ फाल्गुन २०७७, शनिबार १८:३३  मा प्रकाशित

Write your Comment