अनेमसंघ द्वारा प्रतिगमन र महिला हिंसाविरुद्ध बारा लगायत देश व्यापी प्रदर्शन

९ फाल्गुन २०७७, आईतवार २१:१९ प्रकाशित

बारा ९ फागुन :
बाराको सदरमुकाम कलैयामा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समर्थक अखिल नेपाल महिला संघ बारा ले बिरोध प्रदर्शन तथा सभा गरेकोछ।
नेपाल कम्युनिस्ट पार्टि केन्द्रिय संघर्ष समितिको फाल्गुन २ गते पुर्ब निधारित कार्यक्रम अनुसार फाल्गुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम बलात्कारका विरुद्ध देश व्यापी अनेमसंघको आयोजनामा बिरोध प्रर्दशन गरीएको छ । मदन आश्रित स्मृति भवन कलैया बाट निस्किएको जुलुसले कलैया बजार परिक्रमापछि भरत चौक पुगि सभामा परिणत भएको थियो।
बिरोध सभामा प्रदेश कमिटी सदस्य सिता गुरुङ,गिता कडेल , संविधान सभा सदस्य दिलमाया धामी ,बिभा कार्की ,निजगढ नगरपालिकाकी उपप्रमुख लिला लामिछाने ( खनाल), अनेमसंघ केन्द्रिय सदस्य सिला खनाल लगायतले ओली सरकारले असंवैधानिक कदमको बिरोध गरेका थिए । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य दिनेश राइ, पुर्व मन्त्री पुरुषोत्तम पौडेल,नेकपा बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ , प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता शोभा कार्किको सहजीकरण सरिता सुब्बा र स्वागत मालती कुशवाहाले गर्नू भएको थियो ।

९ फाल्गुन २०७७, आईतवार २१:१९  मा प्रकाशित

Write your Comment