गाेरखामा एकै परिवारका तीन जना मृत भेटिए

१० फाल्गुन २०७७, सोमबार १३:४७ प्रकाशित

गोरखा १० फागुन :

गाेरखाकाे बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन ।

लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् । बिहान अबेरसम्म घरकाे ढाेका नखाेलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेकाे स्थानीयले बताएका छन् ।

विषालु च्याउ खाएका कारण उनीहरुकाे ज्यान गएकाे हुनसक्ने अनुमान लगाइएकाे छ । घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा रहेकाे तथा इलाका प्रहरी कार्यालय जौवारीको टोली पनि घटना स्थलतर्फ गएको प्रहरीले जनाएकाे छ ।

१० फाल्गुन २०७७, सोमबार १३:४७  मा प्रकाशित

Write your Comment