बितेको २४ घण्टामा नेपालमा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

१३ फाल्गुन २०७७, बिहीबार १७:३५ प्रकाशित

बितेको २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ ।

त्यसैगरी ८४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २ सय २३ रहेको छ भने मृतकको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ८२ रहेको छ ।६३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

१३ फाल्गुन २०७७, बिहीबार १७:३५  मा प्रकाशित

Write your Comment