गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा,बारामा पौडेल (सूचीसहित)

१४ फाल्गुन २०७७, शुक्रबार १८:४३ प्रकाशित

काठमाडौं १४ फागुन :
गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट बारा, सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् । बाराको प्रमुख जिल्ला अधिकारीमा सुरेन्द्र पौडेललाई सरुवा गरीएको छ ।

सरुवाको सुची
https://drive.google.com/file/d/13hlEp5_shG-JL3JVnl_rcsejooFOvuyw/view

 

१४ फाल्गुन २०७७, शुक्रबार १८:४३  मा प्रकाशित

Write your Comment