सरकारले गृह मन्त्री थापा र चन्द समूहले प्रकाण्डको नेतृत्वमा बार्ता समिति बनायो

१८ फाल्गुन २०७७, मंगलवार १४:३६ प्रकाशित

काठमाडौं १८ फागुन :
सरकार र नेत्रविक्रम चन्द दुबै पक्षले बार्ताकालागी बार्ता टोली गठन गरेका छन । सरकारले गठन गरेको बार्ता टोलीको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्यरहेका छन् भने नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय बार्ताटोली गठन गरेको छ ।
मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लगाइने पनि जानकारी दिएका थिए ।
चन्द समूह स्रोतका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिएको हो । वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको चन्द समूहका एक नेताले कामना खवरलाई जानकारी दिए । त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने उनले बताए । ती नेताका अनुसार तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गरिनेछ ।
सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

१८ फाल्गुन २०७७, मंगलवार १४:३६  मा प्रकाशित

Write your Comment