खनाल-नेपाल समूहको राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित/एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति

५ चैत्र २०७७, बिहीबार २०:२८ प्रकाशित

काठमाडौं ५ चैत्र :
नेकपा एमालेको खनाल-नेपाल समूहको २ दिने राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । भेलाको दोस्रो दिन बिहीबार एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले पेश गरेको १७ बुँदे प्रस्ताव छलफलपछि पारित गरेको हो ।
प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठक भनी गरेको विभिन्न निर्णयलाई अस्वीकार गर्ने उल्लेख छ ।
त्यसैगरीराष्ट्रिय भेलाले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको स्वागत गरेको छ भने एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति प्रकट गरेको छ ।
भेलामा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्की दिएको भन्दै भेलाले गुट र सत्ता स्वार्थमा पार्टीको दुरुपयोग नगर्न ओलीलाई आग्रह गरेका छन् । त्यस्तै कोरोना महामारीको खोपको भरपर्दो व्यवस्था गर्न पनि माग गरेको छ ।

राष्ट्रिय भेलाबाट पारीत प्रस्तावहरु

५ चैत्र २०७७, बिहीबार २०:२८  मा प्रकाशित

Write your Comment