भीमफेदी- फर्पिङ -काठमाडौँ सडक बुधबारदेखि सञ्चालनमा आउने

१० चैत्र २०७७, मंगलवार १८:५३ प्रकाशित

काठमाडौं १० चैत्र :
मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी– फर्पिङ–काठमाडौँ सडक बुधबार बिहानदेखि पुनः सञ्चालन हुने भएको छ ।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि रु १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो ।
बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा. सहदेव भण्डारीले दिनुभएको जानकारी अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ ।

ढल तथा पर्खाल निर्माण गरिएको छ । मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उहाँले जानकारी दिनुभयो ।

१० चैत्र २०७७, मंगलवार १८:५३  मा प्रकाशित

Write your Comment