युवासंघ बाराले गर्यो होली मिलन कार्यक्रम

२०७७ चैत्र ११, बुधबार प्रकाशित

बारा ११ चैत्र :
नेकपा एमाले निकट युवासंघ जिल्ला कमिटी बाराले पार्टी कार्यालय कलैयामा होली मिलन कार्यक्रमको आयोजना गरेको छ । जिल्ला कमिटी अध्यक्ष राम यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य दिनेश राई, पूर्वमन्त्री तथा नेकपा एमालेका नेता पुरुषोत्तम पौडेल, नेकपा एमाले प्रदेश कमिटी सदस्य सुरेन्द्र यादव, संविधानसभाका सदस्य प्रमोद गुप्ता,एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरी, एमाले बाराका नेता मनोज पौडेल, युवा सङ्घका केन्द्रीय सचिव अरुण यादव, युवा संघका पूर्वसचिव धुर्व यादव, एमाले बाराका सदस्य कृष्ण खनाल, बिजेन्द्र चौधरी, ढुण्डीराज उप्रेती, कौशल किशोर सिंह, युवा सङ्घका केन्द्रीय सदस्यहरु राजेस पटेल,चण्डीका उप्रेती सापकोटा,अनील भण्डारी,माओवादी केन्द्रका मुकेश साह लगायतले होली मिलनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण रामकुमार भट्टराईले गर्नुभएको थियो ।

Write your Comment