संसदीय दलको बैठकमा सहभागी हुने नेपाल -खनाल समूहको निर्णय

१३ चैत्र २०७७, शुक्रबार १४:५२ प्रकाशित

काठमाडौं १३ चैत्र :
नेपाल कम्युनिस्ट पार्टी एमालेको ( नेपाल- खनाल) समूह संसदीय दलको बैठकमा जाने भएको छ ।
प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् । त्यसअघि बसेको नेपाल- खनाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । त्यसैगरी पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।

१३ चैत्र २०७७, शुक्रबार १४:५२  मा प्रकाशित

Write your Comment