झलनाथसहित नेपाल-खनाल पक्षका नेताहरू बालुवाटारको संसदीय दलको बैठकमा

१३ चैत्र २०७७, शुक्रबार १६:२१ प्रकाशित

नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा शुरू भएको छ ।अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका खनाल-नेपाल पक्षका नेताहरू सहभागी भएका छन् । बैठकमा मञ्चपट्टी प्रधानमन्त्रीको दायाँतर्फ झलनाथ खनाल र बामदेव गौतमबको आसन छभने बायाँतर्फ ईश्वर पोखरेल र सुवास नेम्वाङ छन् । माधवकुमार नेपाल र भीम रावलको भने उपस्थिति देखिएन । सुरेन्द्र पाण्डे भने बैठकस्थल पुगेर एकछिनमै निस्किनु भएको छ ।
यसैबिच दलको बैठकमा आफनो धारणा राख्दै वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने बताउनुभएको छ ।
उहाले२ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताउदै यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन’, खनालको भनाइ थियो । खनालले आफ्नो कुरा राखेर बैठकबाट बाहिरिनु भएको छ ।
आजै भएको खनाल-नेपाल पक्षधरका केन्द्रीय सदस्यहरूको छलफलले संसदीय दलको बैठकमा भाग लिने निष्कर्ष निकालेको थियो ।

१३ चैत्र २०७७, शुक्रबार १६:२१  मा प्रकाशित

Write your Comment