हजार ७४५ पीसीआर परीक्षण गर्दा ८५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

१४ चैत्र २०७७, शनिबार १८:०० प्रकाशित

काठमाडौं १४ चैत्र :
बितेको २४ घन्टामा मुलुकभर थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ हजार ७४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस सँगै मुलुकभर २ लाख ७६ हजार ७५० जनामा कोरोना संक्रमण पुगेको छ । जसमध्ये २ लाख ७२ हजार ४३५ जना संक्रमित उपचारपछि निको भएका छन् ।

शनिवार मात्रै ९३ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, शनिवार ३ जना संक्रमितको मृत्यु भएको छ ।
यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ ।

१४ चैत्र २०७७, शनिबार १८:००  मा प्रकाशित

Write your Comment