एमालेको खनाल- नेपाल समूह सम्वद्ध युवा संघ नेपालले खोल्यो छुट्टै कार्यालय

१८ चैत्र २०७७, बुधबार १७:३१ प्रकाशित

नेकपा एमालेको खनाल- नेपाल समूहसम्वद्ध युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ ।

बुद्धनगरमा स्थापित कार्यालयको बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्नुभएको हो । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर छुट्टै कमिटी बनाएको छ । कार्यक्रममा बोल्दै नेपालले केपी ओलीले पार्टीलाइ बिभाजन गर्न खोजेको आरोप लगाउनुभयो । ओलीको दम्भको कारणले पार्टीमा समस्या आएको स्पष्ट पार्नुभयो । सो अवसरमा स्थायी कमिटी सदस्य रघुजी पन्त, पुर्व मन्त्री पुरुषोत्तम पौडेल,दिलु पन्त लगायतको सहभागिता रहेको थियो ।

१८ चैत्र २०७७, बुधबार १७:३१  मा प्रकाशित

Write your Comment