तामागढि-सिम्राैनगढ सडक उद्घाटन,३० बर्ष देखिको जनताको सपना पुरा-प्रमुख भण्डारी

२० चैत्र २०७७, शुक्रबार ११:३४ प्रकाशित

बारा २० चैत्र :
तामागढि कोल्हवी सिम्राैनगढ हुलाकि सडकको एक कार्यक्रमका बिच काेल्हबि नगरपालिका नगर प्रमुख भरत बहादुर भण्डारि र हुलाकि सडक परीयोजनाका डिइ दरोगा साहले सयुक्त रुपमा उदघाटन गर्नू भएको छ। तामागढी देखी सिम्रौनगढ सम्म ३९.७५ की मी सडक लामो समयमा निर्माण सम्पन्न भएको हो । उद्घाटन पछी सो सडक पुर्णरुपमा सञ्चालनमा आएको छ । उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै कोल्हवी नगरपालिकाका प्रमुख भरत भण्डारीले काेल्हबिका जनताकाे ३० बर्ष देखीको सपना साकार भएकाे बताउनुभयो । उहाँले कोल्हवी सिम्रौनगढ र निजगढ सँग सडक सञ्जाल जोडिएको हुनाले कृषि तथा मध्य ब्यापारमा समेत यसले उल्लेखनीय उपलब्धि हासिल हुने दाबीसमेत गर्नुभयो ।
यो सडक निर्माणमा केन्द्रीय सरकार र आफ्नो कार्यालय दत्तचित्त भएर लागेको हुनाले सफलता हात परेको डिभिजन प्रमुख साहले बताउनु भयो । सडकको उद्घाटन भएपछि स्थानीयमा खुसी छाएको छ, यो सडकको करिब ८ किलोमिटर वनक्षेत्र पर्छ ।
कार्यक्रममा कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ, वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु, स्थानीय नागरिक,समाज सेवी, राजनैतिक दलका प्रतीनीधीको सहभागिता रहेको थियो ।
२०४९ साल ताका कोल्हबीका जनताले सडक निर्माण गर्ने क्रममा जंगलको बाटो सफा गरेका थिए,तत्कालीन सरकारका पालामा सो क्षेत्रका जनप्रतिनिधि र दर्जनौ राजनैतिक कर्मी माथी बन मुद्दा लगाउने तयारी गरीएकाेमा जनदवाव पछी अन्तिम चरणमा बन बिभागले मुद्दा नचलाउने आदेश दिइएको थियो ।

२० चैत्र २०७७, शुक्रबार ११:३४  मा प्रकाशित

Write your Comment