पार्टी नेताहरु माथी गरीएको निलम्बन खेदजनक- बारा सह इन्चार्ज राई

२० चैत्र २०७७, शुक्रबार १३:१७ प्रकाशित

नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाराका सह इन्चार्ज दिनेशकुमार राईले पार्टी नेताहरुलाई ६ महिनाका लागि गरिएको निलम्बन खेदजनक भएको बताउनुभएको छ । नेता राईले  एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावल उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही दुरासयपूर्ण भएको भन्दै सो प्रती खेद ब्यक्त गर्नुभएको छ । उहाँले जारी गर्नुभएको विज्ञप्तिमा यसप्रकार छ ।

मिति ; २०७७/१२/२०

विषय: प्रेस विज्ञप्ति

नेपालकाे कम्युनिष्ट अान्दाेलनकाे ७१ वर्षको लामाे श्रृङखलामा विभिन्न समस्याहरु समय समयमा जटिल रुपमा नआएकाे हाेइन र अहिले पनि रही अाएकाे छ । यस विषम परिस्थितिहरुकाे वीचमा पनि नेपालकाे राज्य सत्तामा सर्वहारा मजदुर वर्गकाे तमाम खालका हक, हीत र अधिकारलाई कायम गर्ने गरि कम्युनिष्ट पार्टी एमाले ले २०५१ सालमा राज्य सत्ताकाे नेतृत्व गरेकाे समयमा सामाजिक सुधारका काम बृद्ध भत्ता, एकाल महिला भत्ता, अपांग भत्ता शुरुआत गरेकाे र विकास निर्माण अभियान ” अाफ्नाे गाउँ अाफै बनाैं र नाै “स” काे अभियान याेजना लागू गर्ने प्रमुख पार्टी एमाले नै थियाे ।

त्यस पछिका विभिन्न अवधीमा एमाले लगायतका वामपन्थीहरूकाे नेतृत्वको सरकारले समाजमा भेदभाव अन्त्य गर्ने कानुन, जनता अावास अभियान, अार्थिक सुधारक काम, सडक चाैडा गर्ने याेजना लागू गर्ने काम पनि कम्युनिष्टहरुले गरेकाे हाे । साथै पछिल्लो अवधिमा झण्डै दुई तिहाइ नजिककाे कम्युनिष्ट नेतृत्वको सरकार समेत बनेकाे अवस्थामा संविधान र गणतन्त्र माथि प्रश्न खडा भएकाे भए पनि फाल्गुन ११, २०७७ काे फैसलाले संविधान र गणतन्त्र थप दिगाे स्थायित्व कायम भएकाे छ ।
नेपालकाे विभाजित कम्युनिष्ट अान्दाेलनलाई सुदृढ, एकताबद्ध गर्ने, शान्ति प्रक्रियाकाे सुत्रपात गर्ने, जनताकाे वहुदलीय जनवाद लाई मार्गदर्शक सिद्धान्तको रुपमा स्थापित गर्ने, कम्युनिष्ट कार्यशैली विधि, पद्धति, नीति, प्रणाली, स्थापित मान्यताकाे पक्षधर, सामाजिक सुरक्षा-संरक्षणका नीति याेजनाकार काे मुख्य अभियानकर्ता एमाले बरिस्ठ नेता पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नीति, विधि र पद्धतिमा इमानदारीपूर्वक उभिने एमाले उपाध्यक्ष भीमबहादुर रावल उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेकाे लाई एमाले अध्यक्ष ले विधान विपरीत स्पष्टीकरण साेधी बरिस्ठ नेता,उपाध्यक्ष,उपमहासचिव,स्थायी कमिटी सदस्यलाई एमाले सदस्य बाट ६/६ महिना सम्म ईगाेकाे कथित निलम्बन गरेकाे हुंदा दुखद र खेदजनक छ ।

साथ‌ै एमालेलाई सुदृढ एकता बनाउन सर्वाेच्च अदालतकाे फाल्गुन २३ गतेकाे फैसला बमोजिम एमालेकाे र एमाले अावद्ध सवै जनसंगठनहरु जेठ २, २०७५ काे अवस्थाबाट शुरुआत गर्नु विधान र विधि सम्मत हुन्छ । तर एमाले अध्यक्षले सबै केन्द्रीय सदस्यहरुलाई जानकारी नगराई फाल्गुन २८ काे ब‌ैठकबाट अगाडि वढेकाेले एमालेमा जटिल संकट उत्पन्न भएकाे छ । याे संकटबाट मुक्ति पाउनकाे लागि एमाले जेठ २, २०७५ अवस्थामा फर्किनु पर्छ, साथै बरिस्ठ नेता नेपाल , उपाध्यक्ष रावल उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेकाे काे कारबाही स्थागन हुनु पर्छ ।

नेपालकाे कम्युनिष्ट अान्दाेलन र नेकपा (एमाले ) लाई विभाजित बनाउने संविधान र गणतन्त्र लाई अस्वीकार गर्ने देशी-विदेशी कम्युनिष्ट विराेधी शक्तिकेन्हरुकाे सुनियोजित षड्यन्त्रकाे रुपमा याे निलम्बन कारबाहीको शुरुआत हाे भन्ने देखिन्छ । त्यसकारण एमाले अध्यक्ष ले अहंकार, घमण्ड, निरंकुश, दम्भ लाई परित्याग गरि विधि, विधान अनुसार एमाले र एमालेका जनसंगठनहरु लाई सञ्चालन गर्न माग गर्दछु ।
निष्ठावन, इमानदार र असल कम्युनिष्ट कार्यशैलीका भएका बरिस्ठ नेता नेपाल र उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेकाे पक्षमा एमाले कार्यकर्ता, शुभचिन्तक तथा जनसमुदायहरुकाे निरन्तर साथ रहनेछ, अहंकार, दम्भ, घमण्ड, निरंकुश, कदम लिएका एमाले अध्यक्षकाे पार्टी विधान विपरीत तथा गलत कार्यशैली विरुद्धमा अाम कार्यकर्ता उभिने विश्वासका साथ याे प्रेस विज्ञप्ति प्रकाशित गरेकाे छु ।

दिनेश राई
सह-ईञ्चार्ज : नेकपा (एमाले) बारा

२० चैत्र २०७७, शुक्रबार १३:१७  मा प्रकाशित

Write your Comment