एमालेको खनाल-नेपाल पक्षको दुई महिने अभियान घोषणा

२१ चैत्र २०७७, शनिबार १७:४३ प्रकाशित

काठमाडौं २१ चैत्र :
नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षले पार्टी एकताको पक्षमा दुई महिना अभियानको घोषणा गरेको छ । कलंकीको एक पार्टी प्यालेसमा बसेको खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्किएर एकताको पक्षमा लाग्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता योगेश भट्टराईले विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने बताउनुभयो।

‘नेकपा एमालेको एकतालाई जोगाऔं,कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने भट्टराईले बताउनुभयो । यसक्रममा अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने उहांको भनाइ छ ।

माधव नेपाल लगायतका नेताहरुमाथि गरिएको कारवाहीको अर्थ नहुने समेत उहांको भनाइ छ ।

२१ चैत्र २०७७, शनिबार १७:४३  मा प्रकाशित

Write your Comment