सडक निर्माणको माग गर्दे बजनीका स्थानीय द्वारा पथलैया-बिरगंज सडक खण्ड अबरुद्ध

२२ चैत्र २०७७, आईतवार १०:४२ प्रकाशित

बारा २२ चैत्र :

पथलैया बिरगंज सडकखण्डको बजनीमा स्थानीयले चक्काजाम गरेका छन् । लामो समयसम्म पनि सडक निर्माण नगरेकोले बिरोध प्रदर्शन गर्दे उनीहरुले बिहान ८ बजेबाट चक्काजाम गरेका हुन् । यसअघि सोही सडक खण्डको जितपुरमा पनि स्थानीयले चक्काजाम गरेका थिए । स्थानीयसँग पटकपटक सिक्सलेन परियोजना र ठेकेदारले सम्झौता गर्ने तर कार्यान्वयन नगरेका कारण चक्काजाम गर्नुपरेको नेकपा एमालेका नेता तथा स्थानीय कृष्ण खनालले जानकारी दिनुभयो । सो सडक निर्माणका लागि युनाइटेड जे बि कन्टक्शनले ठेक्का लिएर निर्माणमा लापरवाही गरेको स्थानीयको आरोप छ ।

२२ चैत्र २०७७, आईतवार १०:४२  मा प्रकाशित

Write your Comment