गृहमन्त्री बादल सहित ५ जना नेकपा माओवादी केन्द्रको कार्वाहीमा

२४ चैत्र २०७७, मंगलवार १६:३४ प्रकाशित

नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ५ जना सांसदलाई कारबाही गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।
एमाले प्रवेश गरेका नेता रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउने माओवादी केन्द्रको तयारी रहेको छ ।

२४ चैत्र २०७७, मंगलवार १६:३४  मा प्रकाशित

Write your Comment