एमाले बाराले चैत्र २७ गते बिस्तारीत जिल्ला बैठकको आयोजना गर्ने

२५ चैत्र २०७७, बुधबार १७:३२ प्रकाशित

बारा २५ चैत्र :
नेकपा एमाले जिल्ला कमिटी बाराको बैठक मदन आश्रित स्मृति भवन कलैयामा आज सम्पन्न भएको छ । जिल्ला कमिटीका उपाध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले चैत्र २७ गते कलैयामा पार्टीको जिल्ला बिस्तारीत बैठकको आयोजना गर्ने निर्णय गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।
 त्यसैगरी बैठकले  सर्वोच्च अदालतको फैसला अनुसार पार्टी लाई २०७५ जेठ २ को अवस्थामा फर्काएकोले सोही अनुसार एकताबद्ध बनाएर लैजान नेतृत्व संग जोडदार माग गरेको छ । साथै पार्टीका बारा जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई पार्टीको निर्णय र नेतृत्व को पक्षमा कृयाशिल रहन आहवान गरेको छ ।
त्यसैगरी बैठकले हाम्रो पाटी नेकपा एमालेलाई पार्टीको नीति,विधि र सिद्धान्त अनुसार कृयाशिल बनाएर एकमना- एकताका साथ अघि वढाउन पार्टी अध्यक्ष कमरेड लाई फागुन २८ गते गरेका निर्णय फिर्ता लिन आग्रह गर्दै त्यस्ता खालका निर्णयले पार्टीको हित नगर्ने भएकोले फिर्ता गराउन दवाव सृजना गर्ने निर्णय गरेको छ ।
 बैठकले नेकपा एमालेका २०७५ जेष्ठ २ गते अघिका सम्पुर्ण गांउ,नगर,उपमहानगर कमिटीहरु, वडा कमिटी हरु,प्रदेश निर्वाचन क्षेत्रीय कमिटी हरु र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटीहरु यथावत कायम रहेकोले आ-आफ्नो जिम्मेवारी अनुसार बैठक बसी कार्य सुचारु गर्न निर्देशन दिने निर्णय गरेको प्रचार बिभाग प्रमुख पौडेलले जानकारी दिनुभयो।
बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाराका सह इन्चार्ज दिनेश कुमार राई,एमाले नेता,पुर्व युवा तथा खेलकुद मन्त्री एवं नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल,केन्द्रीय खेलकुद विभागका सदस्य किशोर शर्मा, एमालेका नेता श्रीप्रसाद पासवान लगायतको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिव महम्मद समिउल्लाहले गर्नुभएको थियो ।
२५ चैत्र २०७७, बुधबार १७:३२  मा प्रकाशित

Write your Comment