प्रम ओलीले अथाह रकम आर्जन गरेकोले जे पनि गर्न सक्छन- उपमहासचिव भुसाल

२७ चैत्र २०७७, शुक्रबार २०:०८ प्रकाशित

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रम ओलीले अथाह रकम आर्जन गरेकोले जे पनि गर्न सक्ने बताउनुभएको छ । बाराको कलैयामा नेकपा एमाले जिल्ला कमिटीको बिस्तारीत बैठक लाइ सम्बोधन गर्दे उहाँले यस्तो कुरा बताउनुभएको हो । भुसालले भन्नुभयो ओलीले अथाहा पैसा कमाएका छन् । उनले पैसाको बलमा जस्लाई जे पनि गर्न सक्छन् योभन्दा पनि कठिन दिन आउन सक्छन् त्यसैले सर्तक सचेत भएर लाग्न काममा लाग्नु जरुरी छ । उहाँको भनाइ थियो । त्यसैगरी भुसालले नवौं महाधिवेशनले एउटाको नीति पारित गर्यो र अर्को अध्यक्ष बन्न पुगेका कारण पार्टीमा समस्या आएको प्रष्ट गर्दै उहाँले नवौं महाधिवेशनले शोषित पीडित जनताको हकहित र अधिकार प्राप्तिका लागि समाजवादको आधार कोर्ने नीति पारित गर्यो । तर अध्यक्ष ओली पैसा मात्रै कमाउन लागी परे । त्यसैले पार्टीमा अहिले समस्या आएको उहाँको भनाइ थियो । उपमहासचिव भुसालले अध्यक्ष ओली कम्युनिष्ट आन्दोलनलाई नै विगठन गर्न लागेको उल्लेख गर्दै उनले गरेका गतिविधिले नेपालमा कम्युनिष्ट पार्टी समाप्त हुने देखिएकोले आफुहरु कम्युनिष्ट पार्टीलाई बचाउनको लागि लागि परेको दाबी समेत गर्नुभयो । पार्टीको अधिवेशनले पारित गरेको निती, विधि,सिद्धान्त,कार्यक्रम र बिधान मान्दिन भन्ने कम्युनिष्ट चरित्र हुनै नसक्ने प्रष्ट पार्नु भयो ।
जिल्ला कमिटीका उपाध्यक्ष देव नारायण चौधरीको सभापतित्वमा,सचिव महम्मद समिउल्लाहको सहजिकरण र मनोज पौडेलले स्वागत गर्नुभएको विस्तारित बैठकमा पदेश नं २ का सह-संयोजक नागेन्द्र चौधरी, बारा जिल्लाका सहइन्चार्ज दिनेश कुमार राई, पूर्व युवा तथा खेलकुद मन्त्री तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, एमाले प्रदेश कमिटी सदस्य छबिलाल उप्रेती, छठु प्रसाद यादव,सुरेन्द्र यादव, महिला नेतृ बिभा कार्की, मुक्ति समाजका उपाध्यक्ष श्रीप्रसाद पासवान,बतहु यादव लगायतले पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्ने कुरा जोडिनु भएको थियो ।

२७ चैत्र २०७७, शुक्रबार २०:०८  मा प्रकाशित

Write your Comment