प्रधानमन्त्री ओली पार्टी बिभाजन गर्न लाग्नु भयो- पुर्व मन्त्री पौडेल

२९ चैत्र २०७७, आईतवार १९:०७ प्रकाशित

बारा २९ चैत्र :
नेकपा एमालेका नेता तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले प्रधानमन्त्री ओलीजीले नेकपा बिगठन गर्नु भयो,अव एमाले बिगठन र बिभाजन गर्न लागेको आरोप लगाउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट युवा संघ नेपाल,बारा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नेता पौडेलले यस्तो बताउनुभएको हो । ओलीजीले पार्टीका इमानदार नेतालाइ कार्वाही गरेर भ्रष्टाचारीलाइ काखी च्यापेको भन्दै पुर्व युवा तथा खेलकुदमन्त्री समेत रहेका पौडेलले असन्तुष्टि ब्यक्त गर्नु भयो । उहांले भन्नुभयो हामी एमालेलाई एकमना एकताका साथ अघि बढाएर जनताको पार्टी बनाउन लागीरहेका छौ, प्रधानमन्त्री ओली भने दलाल र भ्रष्टाचारीको पार्टी बनाउन लाग्नु भएको छ ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाराका सह इन्चार्ज दिनेश कुमार राईले समाज परीवर्तनका लागी युवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रमलाइ सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष नितेश पौडेलले युवाले स्वरोजगारी सृजना गरेर आफ्नो खुट्टामा उभिनु पर्नेकुरामा जोड दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बाराका कार्यवाहक अध्यक्ष देवनारायण चौधरी आफुहरु रहेको कमिटी नै बारा जिल्लाको संस्थापन रहेको स्पष्ट पार्नुभयो । युवा संघ बाराका जिल्ला कमिटी अध्यक्ष राम यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल, मुक्ति समाजका उपाध्यक्ष श्रीप्रसाद पासवान,किसान महासंघका प्रदेश अध्यक्ष बतहु यादव,खेलकुद महासंघका स्थायी कमिटी सदस्य जवाहिर अंसारी,युवा संघका सचिव अरुण यादवलगायतले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । शपथग्रहण कार्यक्रम इमरान आलमको सहजीकरणमा सम्पन्न भएको थियो भने पदाधिकारी तथा सदस्यहरु लाइ उपाध्यक्ष नितेश पौडेलले शपथग्रहण गराउनुभएको थियो ।

२९ चैत्र २०७७, आईतवार १९:०७  मा प्रकाशित

Write your Comment