बिरगंजको नारायणी अस्पतालमा काेराेना संक्रमितकाे उपचारका क्रममा मृत्यु

३१ चैत्र २०७७, मंगलवार १०:०३ प्रकाशित

वीरगन्ज ३१ चैत्र :
वीरगन्जकाे नारायणी अस्पतालमा उपचारका क्रममा काेराेना संक्रमितको मृत्यु भएकाे छ ।
जितपुर सिमरा उपमहानगरपालिका ९ छातापिपरा निवासी ३७ बर्षका एक पुरूषकाे मृत्यु भएकाे नारायणी अस्पतालका डाक्टर निरज कुमार सिंहले जानकारी दिनु भयाे ।
भारतकाे हैदराबाद बाट १४ गते नेपाल फर्केकाे केही दिनमै बिरामी परे पछि वीरगन्जको एडभान्स हस्पिटलमा युवकको उपचार भैरहेका थियाे । आरटी पिसिआर परिक्षणकाे क्रममा २९ गते युवककाे रिपोर्ट पाेजेटिभ आए पछि उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियाे ।
युवकको उपचारकै क्रममा आज बिहान करिब साढे तीन बजे मृत्यु भएकाे डाक्टर सिंहले बताउनु भयाे । उनलाई कडा स्वास प्रस्ताव, उच्च ज्वराे र कडा निमाेनिया समेत रहेकाे थियो ।

३१ चैत्र २०७७, मंगलवार १०:०३  मा प्रकाशित

Write your Comment