ओली समूहले बनायो बारामा समानान्तर जिल्ला कमिटी

३१ चैत्र २०७७, मंगलवार १५:१० प्रकाशित

बारा ३१ चैत्र :
नेपाल कम्युनिष्ट पार्टी एमाले ओली समूहले बारामा समानान्तर कमिटी गठन गरेको छ । समानान्तर जिल्ला कमिटीको अध्यक्ष बलबिर चौधरी र सचिवमा महम्मद समिरलाई बनाइएको छ । चौधरी यस अघि केन्द्रीय सदस्य तथा बारा इन्चार्ज थिए ।
बारामा एमालेको ९ औ जिल्ला अधिवेशनबाट सुन्दर बि.क अध्यक्ष रहेको जिल्ला कमिटी कायमै छ । जस्को उपाध्यक्षमा देवनारायण चौधरी, सचिवमा महम्मद समिउल्लाह र सहसचिवमा राजेन्द्र कलवार रहेका छन् । यसैगरी ७६ जनाको जिल्ला कमिटीमा ५० जना सुन्दर बहादुर बिश्वकर्मा अध्यक्ष रहेको जिल्ला कमिटीमा रहेकाछन । अध्यक्ष सुन्दर बहादुर विश्वकर्मा सहित ५० जना जिल्ला कमिटी सदस्यहरु खनाल -नेपाल समूहमा खुलेर लागेका छन् । यो कमिटीले बारामा बैठक तथा भेला सम्पन्नन गरिसकेको छ ।

३१ चैत्र २०७७, मंगलवार १५:१०  मा प्रकाशित

Write your Comment