बितेको २४ घण्टामा ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

३१ चैत्र २०७७, मंगलवार १८:५२ प्रकाशित

काठमाडौं ३१ चैत्र :
बितेको २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४६० जना र ८१७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा गरी जम्मा ५१७जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ ।
बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५३ रहेको छ । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार ३१८ रहेको छ । यो संगै सक्रिय संक्रमितको संख्या ३६०८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ

३१ चैत्र २०७७, मंगलवार १८:५२  मा प्रकाशित

Write your Comment