जितपुरसिमरा गोल्डकप सुरु

३१ चैत्र २०७७, मंगलवार २१:२५ प्रकाशित

सिमरा ३१ चैत्र :

मौफसलकै प्रतिष्ठित गोल्डकपको रुपमा चिनिएको जीतपुरसिमरा गोल्डकपको आज उद्घाटन भएको छ।
प्रतियोगिताको आज एक कार्यक्रमकाबिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन गर्दे सदस्य सचिव सिलवालले खेल क्षेत्रको विकास गर्न सम्बद्ध सबै निकाय गंभिर हुनुपर्ने बताउनुभयो । सिमरा रंगशालाको विकास गर्ने बिषयमा आफु गंभिर रहेकोभन्दै उहाले यसमा सबै पक्षको ध्यान जान जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेल सफलताको शुभकामना दिनुभयो ।
प्रदेशसभा सदस्य शोभा लामाले जीतपुरसिमरा गोल्डकपले सिमराको विकासमा ठुलो भुमिका खेलेको बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले जीतपुरसिमरा गोल्डकपलाई सभ्य र भब्य बनाउन उपमहानगर प्रतिवद्ध रहेको बताउनुभयो । खेल क्षेत्रको सुधार एवं विकास गर्न उपमहानगर प्रतिवद्ध रहेकोभन्दै उहाले आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सप्पन्न समुदघाटन समारोहको संचालन सुनिल गाउँलेले गरेका थिए।

३१ चैत्र २०७७, मंगलवार २१:२५  मा प्रकाशित

Write your Comment