विरगञ्ज युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मी विजयी

१ बैशाख २०७८, बुधबार २१:०५ प्रकाशित

अनिश अधिकारी
सिमरा १ बैशाख :
सिमरा रंगशालामा केहिबेर अघि सकिएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । विरगञ्ज युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मी विजयी भएको हो।
आर्मीले पहिलो हाफअघि ३ गोल गरेको थियो भने दोस्रो हाफपछि १ गोल गरेको हो । यता, विरगञ्जले भने दोस्रो हाफपछि १ गोल गर्यो ।
प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।
भोलीको खेल भरतपुर र सर्लाहीबिच साझ ५:३० बजे सिमरा रंगशालामा हुनेछ।

१ बैशाख २०७८, बुधबार २१:०५  मा प्रकाशित

Write your Comment