डुमरवानाका स्थानीयद्वारा अव्यवस्थित बसोवासीको फारम भर्ने व्यावस्था मिलाउन माग

२ बैशाख २०७८, बिहीबार ११:५४ प्रकाशित

बारा २ बैशाख :
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १५ का स्थानीय बासिन्दाले आफुहरुलाई अव्यवस्थित बसोबासीको फारम भर्न नदिएको भन्दै जिल्ला भुमी सम्बन्धी समस्या समाधान आयोग बाराको कार्यालय कलैयामा निवेदन दिएका छन् । डुमरवानाका अगुवा किशोर शर्मा सहित स्थानीयले निवेदन दर्ता गराएका हुन् । उनीहरुले आफुहरु वडा नम्वर १५ नम्बरमा २०३९ सालदेखि बस्दै आएको र विभिन्न समयमा सरकारका विभिन्न निकायले सो स्थानमा बसाएको भन्दै आज आएर अव्यवस्थित बसोबासको फारम भर्न समेत रोक लगाइएको भन्दै निवेदन दर्ता गराएका हुन् । उनीहरूले जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुखलाई यस विषयमा सोध्दा समेत फारम भर्न नपाउने जवाफ दिएको उल्लेख गर्दै सोको विरोध जनाएका छन् । उनीहरुले सुखी नेपाली, समृद्ध नेपाल भित्र आफूहरु पर्छौ कि पर्दैनौ भनेर समेत निवेदनमा सोधेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय विमानस्थल( टांगिया बस्ती )का स्थानीयले फारम भर्न पाउने तर के कारणले हामिले फारम भर्न नपाउने हो, त्यसको जवाफ समेत दिन निवेदनमा माग गरेका छन् । निवेदन दिनेमा स्थानीय स्थानीय अगुवा किशोर शर्मा,बिष्णु अधिकारी, सन्तोष भुजेल,बिजय तसिजु,मन्दिप दुवाडी, हरेकृष्ण तसिजु बालकृष्ण तसिजु र राजकुमार अर्याल लगायतका रहेका छन् ।

स्थानीयले आयोगमा पेश गरेको निवेदन :

अव्यवस्थित बसोवासीको फारम भर्ने व्यवस्था मिलाउन सरोकार समितीको माग :
जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले१५ नम्बर वडा डुमरवानाका बासिन्दालाई अव्यवस्थित बसोबासको फारम भर्न नदिइएको प्रती बिरोध जनाउनु भएको छ । उहाँले सरकारले अव्यवस्थित बसोबास र भूमिहीनका लागि आयोगको गठन गरेको र त्यो आयोगले निकालेको सूचनाअनुसार सबै नेपाली नागरिकले निवेदन दिन पाउनुपर्नेमा वडा नम्बर १५ का नागरिकलाई फारम भर्न नदिएको प्रती दुख व्यक्त गर्दै तत्काल फारम भर्ने व्यवस्था मिलाउन आयोगसँग माग गर्नुभएको छ । यदि व्यवस्था नमिलाए आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने समेत संयोजक पौडेलले चेतावनी दिनुभएको छ ।

२ बैशाख २०७८, बिहीबार ११:५४  मा प्रकाशित

Write your Comment