जितपुर सिमरा गोल्डकप :सिमरा अन्तिम चारमा,त्रिभुवन आर्मी फुटबल क्लब र अफ्रिकन रुट्स क्यामरुन आज भिडने

५ बैशाख २०७८, आईतवार ०८:१४ प्रकाशित

सिमरा अन्तिम चारमा
सिमरा रंगशालामा जारी बिश्वकर्मा सिमेन्ट ११ औ जीतपुरसिमरा गोल्डकपमा शनिबार भएको खेलमा आयोजक नव जन जागृति युवा क्लब, सिमरा विजयी भएको छ । हिमालयन शेर्पा क्लब, काठमाडौलाई ३ -२ गोल अन्तरले पराजित गर्दै आयोजक सिमरा प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।
सिमराका जितका लागि लुइस भिडाल , सकल रेग्मी र डोना थापाले समान एक एक गोल गरे भने शेर्पाका लागि पूर्ण गुरुङ र रबि रानाले एक एक गोल गरे ।
खेलको १९ औ मिनेटमा बर्तमान राइको पासमा पुर्ण गुरुङले गोल गर्दै हिमालयन शेर्पालाइ सुरुवाती अग्रता दिलाएका थिए । २३ औ मिनेटमा हिमालयन शेर्पाको फितलो रक्षापंक्तिको फाइदा उठाउदै लुइस बिडालले डीबक्स भित्रबाट बराबरी गोल फर्काए । बराबरी गोल पछि थप उत्साहित बनेका करिब पाँच हजार घरेलु दर्शकलाई सिमराका डोना थापाले खेलको २५ औ मिनेटमा थप एक गोल गर्दै अग्रता दोब्बर बनाएर अर्को खुशी दिए । त्यसपछि शेर्पा दबाबमा पर्यो।
पहिलो हाफमा २-१ ले पछि परेको शेर्पाका लागि खेलको ५४ औं मिनेटमा पुर्ण गुरुङले उत्कृष्ट प्रहार गरेका थिए । पेनाल्टी बक्स भित्र किपर समेत बिट भै सकेको अवस्थामा गोललाइन बाट रोहनले बल क्लियर गरेपछि शेर्पा बराबरी गोल गर्नबाट चुक्यो। ६३ औ मिनेटमा सकल रेग्मीले गोल गर्दै अग्रता फराकिलो बनाए । लुइस बिडालको पासलाइ डीबक्स बाहिरबाट सकलले गरेको पहिलो प्रयास शेर्पाका गोल रक्षकले बचाए पनि सम्हाल्न नसक्दा रिबाउण्ड बलमा सकलले गोल गरे। शेर्पाका लागि रबि रानाले ८८ औ मिनेटमा फ्रीकिक गोल गर्दै ३-२ को स्थितिमा पुराएपछि खेल थप रोमाञ्चक बनेको थियो। खेलको अन्तिमतिर आक्रामक बनेको शेर्पाले गोलका लागि निकै राम्रो अवसर बनाए पनि बलले जाली चुम्न सकेन । ८९ औ मिनेटमा कैलाश बस्नेतको प्रहार गोल नजिकबाट बाहिरिएको थियो । त्यस लगतै ९० औ मिनेटमा शेर्पाले पाएको अर्को अवसर पनि खेर गयो डीबक्स भित्रै बाट बर्तमान राइले गरेको सशक्त प्रहार सिमराका गोल रक्षकले बचाए ।
जित संगै आयोजक नव जन जागृति युवा क्लब, सिमरा प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ भने हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ।
खेल को म्यान अफ दि म्याच सिमराका गोल रक्षक सुबास बल घोषित भए उनले पाच हजार नगद र ट्रफि प्राप्त गरे.
चैत्र ३१ बाट सुरु भएको गोल्डकप आगामि बैशाख ११ गते सम्म संचालन हुनेछ। १२ वटा टिमको सहभागिता रहेको यो प्रतियोगिताका प्रत्येक खेल फ्लड लाइटमा खेलाइनेछ।
प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।
आज आर्मी Vs अफ्रिकन रुट्स
प्रतियोगिता अन्तर्गत आइतबार हुने दोस्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबले अफ्रिकन रुट्स क्यामरुनको सामना गर्नेछ । त्रिभुवन आर्मी फुटबल क्लबले प्री क्वाटरफाइनलमा बिरगंज युनाइटेड क्लब , बिरगंजलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो भने अफ्रिकन रुट्स सिधै क्वाटरफाइनल खेल्न लागेको हो। बेलुका ५ बजेबाट सिमरा रंगशाला , सिमरामा हुनेछ । खेलको टिकट दर रु ५० कायम गरिएको आयोजकले जनाएको छ ।

५ बैशाख २०७८, आईतवार ०८:१४  मा प्रकाशित

Write your Comment