जितपुर सिमरा गोल्डकप:एपिएफ अन्तिम चारमा

७ बैशाख २०७८, मंगलवार ०८:०४ प्रकाशित

सिमरा ७ बैशाख :
सिमरा रंगशालामा जारी बिश्वकर्मा सिमेन्ट ११ औ जीतपुरसिमरा गोल्डकपमा सोमबार भएको खेलमा नेपाल एपिएफ क्लब , काठमाडौँ विजयी भएको छ । बाग्मति युवा क्लब , सर्लाहीलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल एपिएफ क्लब प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।
एपिएफको जितमा प्रदिप लामा नायक साबित भए, उनले २ गोल गर्दै टिमलाई बिजयी गराए भने यता बाग्मतिका लागि निरज थापा मगरले गोल गरे ।

३२ औ मिनेटमा डीबक्सभित्रको बललाई उत्कृष्ट प्रहार गर्दै प्रदिप लामाले टिमलाइ सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा पहिलो गोल गरेको एपिएफले अग्रता जोगाउन नसक्दा जितका लागि अतिरिक्त समयसम्म कुर्नु परेको थियो । पहिलो हाफमा १-० को अग्रता कायम गरेको एपिएफले दोस्रो हाफमा सम्हालिन नसक्दा ५२ औ मिनेटमा बराबरीमा पुग्यो ।
५२ औ मिनेटमा मन बहादुर रानाले बागमतीका प्रितम स्यन्ग्बो लाइ डीब्कसभित्र फल गरे पछि पाएको पेनाल्टीमा बागमतीका निरज मगरले गोल गर्दै टिमलाई १-१ को बराबरीमा पुराए ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिए पछि अतिरिक्त ३० मिनेट समय थपिएको थियो । अतिरिक्त समयको १४ औ मिनेट मा प्रदिप लामाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाइ २-१ को अग्रता दिलाएका थिए । बागमतीका गोल रक्षक केहि अगाडी बढेपछि उनले सहजै गोल गर्ने अवसर पाए ।
पहिलो हाफमा दबाबमा परेको बागमती दोस्रो हाफमा लयमा फर्किए पनि बिजेता भने हुन सकेन। खेलको ३४ औ मिनेटमा प्रितमले डीबक्सभित्रबाट गरेको सशक्त प्रहार क्रसबारको केहि माथिबाट बाहिरिएपछि बागमती बराबरी गोल गर्नबाट चुक्यो।
६४ औ मिनेटमा निग्मा घिसिङ्गले प्रहार गरेको फ्रीकिक क्रसबारको केहि माथिबाट बाहिरियो भने ६९ औ मिनेटमा निरज थापा मगरको फ्रिकिक एपिएफका गोलरक्षकले नियन्त्रणमा लिए। ८२ औ मिनेटमा निरजले नै प्रहार गरेको फ्रीकिक क्रसबार माथिबाट बाहिरियो।
पहिलो हाफमा बागमतीलाई दबाबमा राखेको एपिएफले सोहि अनुसार खेल खेल्न नसक्दा जितका लागि ठुलै सङ्घर्ष गर्नु पर्यो।
खेलको ७२ औ मिनेटमा एपिएफले गोलका लागि निकै राम्रो अवसर बनाएको थियो । एपिएका रबि थिङ्गले गरेको प्रहार बागमतीका गोल रक्षक अरुण भ्लोनले उत्कृस्ट बचाउ गरेअतिरिक्त समयको अन्तिमतिर केहि अवसर बनाए पनि गोल गर्न नसक्दा बाग्मति युवा क्लब , सर्लाही प्रतियोगिताबाट नै बाहिरिएको छ । जित संगै भर्खरै सम्पन्न बिराट गोल्डकपको बिजेता समेत रहेको नेपाल एपिएफ क्लब विश्वकर्मा सिमेन्ट ११ औ जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
खेल को म्यान अफ दि म्याच एपिएफका प्रदिप लामा घोषित भए उनले पाच हजार नगद र ट्रफि प्राप्त गरे ।

चैत्र ३१ बाट सुरु भएको गोल्डकप आगामि बैशाख ११ गते सम्म संचालन हुनेछ। १२ वटा टिमको सहभागिता रहेको यो प्रतियोगिताका प्रत्येक खेल फ्लड लाइटमा खेलाइनेछ।

प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।

आज विजय युथ क्लब, हेटौडा Vs संकटा क्लब , काठमाडौँ
प्रतियोगिता अन्तर्गत आज मंगलबार हुने चौथो क्वाटरफाइनलमा विजय युथ क्लब, हेटौडाले संकटा क्लब , काठमाडौँको सामना गर्नेछ । विजय युथ क्लब, हेटौडा ले प्री क्वाटरफाइनलमा सुदुरपक्षिम ११ स्पोर्ट्स क्लब, धनगढीलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो भने संकटा क्लब सिधै क्वाटरफाइनल खेल्न लागेको हो। खेल बेलुका ५ बजेबाट सिमरा रंगशाला , सिमरामा हुनेछ । विजय युथ क्लब, हेटौडा प्रतियोगिताको सातौ संस्करणको बिजेता हो भने संकटा क्लब आठौ संस्करणको बिजेता हो । खेलको टिकट दर रु ५० कायम गरिएको आयोजकले जनाएको छ । बढ्दो कोरोना भाइरसको जोखिमका कारण आयोजकले खेल हेर्न जाने दर्शक तथा आमन्त्रित अतिथिलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेको छ। आयोजकले बिभिन्न संस्थाको सहकार्यमा दर्शकका लागि नि:शुल्क मास्कको व्यवस्था गरेको छ ।

७ बैशाख २०७८, मंगलवार ०८:०४  मा प्रकाशित

Write your Comment