बाँकेमा संक्रमित ३ जनाको उपचारको क्रममा मृत्यु,एकजनाले गरे घरमै आत्महत्या

१२ बैशाख २०७८, आईतवार १०:५६ प्रकाशित

नेपालगंज १२ बैशाख :
बाँकेमा २४ घण्टा भित्रमा कोरोना संक्रमित चार जनाको मृत्यु भएको छ ।

कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् ।
मेडिकल कलेजमा कोहलपुर १० बाँकेकी ३६ वर्षीया महिलाको आज विहान साढे २ बजे मृत्यु भएको हो । यही वैशाख १० गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी बाँकेको खजुरा–३ बस्ने ४७ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । यही वैशाख १ गते अस्पताल भर्ना भएकी उनको गएराति साढे १० बजे मृत्यु भएको हो ।
भेरी अस्पतालमै नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको अस्पताल स्रोतले बतायो । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए ।

कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले भने आफ्नै घरमा आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।

१२ बैशाख २०७८, आईतवार १०:५६  मा प्रकाशित

Write your Comment