बितेको २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु, ३१२२ संक्रमित

१२ बैशाख २०७८, आईतवार १८:४० प्रकाशित

बितेको २४ घण्टामा कोरोना भाइरसबाट २८ जनाको मृत्यु भएको छ भने ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ ।स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारी अनुसार शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१३६ रहेको थियो । तर आइतबारको तथ्यांकमा मृतक संख्या ३१६४ पुगेको छ ।

१२ बैशाख २०७८, आईतवार १८:४०  मा प्रकाशित

Write your Comment