शहरमा ५०० र पहाडमा २०० भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा

१२ बैशाख २०७८, आईतवार १९:०९ प्रकाशित

काठमाडौं १२ बैशाख :
सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या शहरमा ५०० र पहाडमा २०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले शहरी क्षेत्रमा ५०० भन्दा बढी र पहाडी जिल्लामा २००भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो । त्यसैगरी बैठकले
भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।

१२ बैशाख २०७८, आईतवार १९:०९  मा प्रकाशित

Write your Comment