नारायणी अस्पतालका डाक्टर निरज सिंहको आकस्मिक कक्षबाट चित्कार

१३ बैशाख २०७८, सोमबार १९:१० प्रकाशित

बिरगंज १३ बैशाख :
बारा पर्सामा पनि कोरोना भाइरसको संक्रमण भयाभह बन्दै गरिरहेको छ । यसक्षेत्रका कोरोना संक्रमितका कारण नारायणी अस्पतालको आकस्मिक कक्ष भरिएको छ । अस्पतालका डाक्टर निरज सिंहले आज आकस्मिक कक्षको तस्वीर फेसबुकमा पोस्ट गर्दै सचेत रहन आग्रह गरेका छन् । नारायणी अस्पतालको आकस्मिक कक्षको एउटा बेडमा तीन जनासम्म संक्रमित लाई अक्सिजन दिएर राखीएको छ । उनले फेसबुकमा फोटो पोस्ट गर्दै यस्तो लेखेका छन ” यो तश्बिर दिल्ली को होइन्,यो नारायणी आस्प्तालको आकस्मिक बिभाग को हो,एउटा बेड मा २, ३ जना, All are Rt pcr positive ” । यसबाट पर्सा र बाराको भयाबह अवस्थाको चित्रण गर्छ । उनले यस क्षेत्रका नागरिकलाई काम बिना बाहिर न निस्कन र सचेत रहन समेत आग्रह गरेका छन् ।

१३ बैशाख २०७८, सोमबार १९:१०  मा प्रकाशित

Write your Comment