जीतपुरसिमरामा पुनः कोरोना अस्पताल सञ्चालन गर्न र सबै वडामा आइसोलेशन स्थापना गर्न माग

२०७८ बैशाख १४, मंगलबार प्रकाशित

बारा १४बैशाख :
युवा संघ नेपालले सिमराको अस्थायी कोरोना अस्पताल पुनः सञ्चालन गर्न जीतपुरसिमरा उपमहानगरपालिकासंग माग गरेको छ । कार्यालयमै पुगेर नगर प्रमुख डा. कृष्ण पौडेललाई ज्ञापन पत्र बुझाउदै युवा संघ बाराले अस्थायी कोरोना अस्पताल पुनः सञ्चालन गर्न माग गरेको हो ।
कोरोना माहामारीको नियन्त्रण र रोकथाममा उपमहानगरपालिकाले चासो देखाउनुपर्ने भन्दै युवा संघले बिशेष ध्यान दिन आग्रह गरेको युवासंघ नेपाल जितपुर सिमरा उपमाहानगर कमिटीका संयोजक सोमलाल बम्जनले जानकारी दिनु भयो । ९ बुदे माग राख्दै ज्ञापन पत्रमार्फत सिमरामा पिसिआर परीक्षण शुरु गर्नु पर्ने, प्रत्येक वडामा कोरोना संक्रमितका लागी आइसोलेशन निर्माण गरेर २० बेड र २० वटा अक्सिजन सिलिन्डर राख्नुपर्ने साथै उपमहानगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स सञ्चालन गर्नुपर्ने माग गरेको युवासंघ बाराका उपाध्यक्ष आर के भट्टराईले बताउनुभयो । ज्ञापनपत्र जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख कृष्ण पौडेल, उपप्रमुख सरस्वती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलाई युवा संघ नेपाल जितपुरसिमरा उपमाहानगर कमिटिका अध्यक्ष सोमलाल बम्जन, युवासंग बाराका उपाध्यक्ष आर के भट्टराई, युवासंघ नेपालका केन्द्रीय सदस्य सुनिल गुप्ता, जिल्ला सदस्य सुनील साह र नगर सदस्य रामकुमार उपाध्यायले बुझाएका हुन ।

Write your Comment