बितेको २४ घण्टामा ४८९७ जनामा कोरोना संक्रमण

१५ बैशाख २०७८, बुधबार १७:०० प्रकाशित

काठमाडौं १५ बैशाख :
बितेको २४ घण्टामा थप ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

१५ बैशाख २०७८, बुधबार १७:००  मा प्रकाशित

Write your Comment