कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४,९२८ जना संक्रमित

१६ बैशाख २०७८, बिहीबार १७:३५ प्रकाशित

बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ को जनाको पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जनामा संक्रमण देखिएको हो।

१६ बैशाख २०७८, बिहीबार १७:३५  मा प्रकाशित

Write your Comment