२४ घण्टामा ५७६३ जनामा कोरोना संक्रमण पुष्टि, पुरानो रेकर्ड तोडियो

१८ बैशाख २०७८, शनिबार १६:५५ प्रकाशित

काठमाडौं १८ बैशाख :
बितेको१४ घण्टामा ५७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो संख्या गत बर्ष देखिएको संक्रमितको संख्या भन्दा उच्च हो । ‌ योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।
बितेको २४ घण्टामा नेपालमा १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१८ बैशाख २०७८, शनिबार १६:५५  मा प्रकाशित

Write your Comment