गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त,नयां प्रमुखमा पौडेल र यादव नियुक्त

२० बैशाख २०७८, सोमबार १७:०० प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।
उहांले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गर्नुभएको हो।
साथै गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नयाँ  प्रदेश प्रमुख नियुक्त हुनुभएको छ ।
नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ ।
यसअघि गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न मन्त्रीपरीषदले सिफारिस गरेको थियो।

२० बैशाख २०७८, सोमबार १७:००  मा प्रकाशित

Write your Comment