काठमाडौं २३ वैशाख :
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकता कायम राख्न छ बुँदे प्रस्ताव अघि सार्नुभएको छ। उक्त प्रस्ताव अनौपचारिक रूपमा अध्यक्ष केपी ओलीलाई दिइएको छ ।
प्रस्तावको पहिलो बुँदामा २०७५ ज्येष्ठ २ अघिको पार्टी संरचनालाई क्रियाशील पाराैं भन्ने रहेको छ।
त्यसैगरि पहिलो केन्द्रीय कमिटी बैठक बसेर महाधिवेशनको मिति तोक्न र आयोजक समिति गठन गर्न पनि नेपालले प्रस्ताव गर्नु भएको छ। उहांले दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाउन प्रस्ताव अघि सार्नुभएको छ।
यसरी अघि बढे वैशाख २७ मा विश्वासको मत लिएर अघि बढ्न सकिने खनाल- नेपाल पक्षको प्रस्ताव रहेको छ।
यस्ता छन् प्रस्तावहरुः
१. २०७५ जेठ २ को पार्टी संरचनालाई क्रियाशील पारौं ।
२. पहिलो केन्द्रीय कमिटी बैठकबाट सकेसम्म छिटो महाधिवेशनको मिति तोकौँ र त्यसकालागि आयोजक समिति गठन गरौँ ।
३. आयोजक समितिमा अन्य पार्टीबाट प्रवेश गरेका र अन्य कमरेडहरूलाई समेत आवश्यकता अनुसार मनोनयन गरौँ ।
४. मातहत कमिटीका अधिवेशन गर्ने समय सीमा तोकौँ । दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाऔं । २०७५ जेठ २ गते कायम रहेका अध्यक्षलाई संयोजक र अर्को (समानान्तर) कमिटीका अध्यक्ष/संयोजकलाई सहसंयोजक बनाऔं ।
५. एकताबद्ध भएर वैशाख २७ गते संसद्मा विश्वासको पक्षमा मतदान गरौं ।
६. दुई पार्टी एकताबद्ध भए यताका प्रमुख घटनाक्रमका सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरौं । त्यसबाट प्राप्त प्रतिवेदनलाई महाधिवेशनमा प्रस्तुत गरौँ भन्ने रहेको छ । खनाल- नेपाल पक्षले राखेको प्रस्ताव पार्टी एकता बचाउन कोसेढुङ्गा हुने कार्यकर्ताको बुझाई छ । उता अनौपचारिक रुपमा प्रस्ताव आएपछि एकतर्फी रुपमा अघि बढीरहनु भएका ओलीलाई सोच्न बाध्य बनाएको छ । प्रस्ताव अस्वीकार गर्दा आफुले नेतृत्व गरेको सरकार ढल्ने र पार्टी बिभाजन पनी हुने र त्यसको सबै अपजस आफनो टाउकोमा आउने भए पछी अफ्टेरोमा परेर सोच्न बाध्य बनाएको हो ।