गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

२६ बैशाख २०७८, आईतवार १७:४१ प्रकाशित

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी हुन् ।
गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन् ।

२६ बैशाख २०७८, आईतवार १७:४१  मा प्रकाशित

Write your Comment