नेपाल –खनाल समूह संसद बैठकमा अनुपस्थित हुने,राजीनामा नदिने निर्णय

२७ बैशाख २०७८, सोमबार ११:४४ प्रकाशित

एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरु विश्वासको मतका लागि दिउँसो १ बजे बस्ने संसद बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारमा बसेको सांसदहरुको बैठकले त्यस्तो निर्णय गरेको भिम रावलले बताउनुभयो। खनाल–नेपाल समूह सामुहिक राजीनामाबाट एक कदम पछि हटेको र छलफल बांकी रहेको उहांले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली पार्टी एकतालाई बचाउने पक्षमा नरहेको बैठकले निश्कर्ष निकालेको छ ।

२७ बैशाख २०७८, सोमबार ११:४४  मा प्रकाशित

Write your Comment