यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन: प्रधानमन्त्री ओली

२७ बैशाख २०७८, सोमबार १४:२७ प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताउनुएको छ ।
सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले आफूलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गर्नु भयो ।

उहांले राष्ट्रियता, स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा र पहरेदारीमाथि उठाउने विषयमा कुनै कसर बाँकी नराखेको बताउनुभयो ।
विचारकै कारणले सरकारलाई अविश्वास गर्नुपर्ने कारण नरहेको भन्दै उहांले सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्या समाधान सरकारले गरेको दाबी गर्दै उहांले सरकारमाथि अविश्वास गर्नुपर्ने कारण नै नभएको उहानले जिकिर गर्नुभएको हो ।

‘राष्ट्रियताको पक्षमा उपलब्धिपूर्ण रुपमा अघि बढेको सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण छैन,’ उहांले भन्नुभयो ‌।

२७ बैशाख २०७८, सोमबार १४:२७  मा प्रकाशित

Write your Comment