ओलीलाई माधव नेपाल पक्षले किन दिएन विश्वासको मत ? (नेपालको विज्ञप्तिसहित)

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

नेकपा एमालेका नेता माधव कुमार नेपालले विगतका काम कारबाहीका कारण उनलाई कुनै पनि हिसावले विश्वासको मत दिन उपयुक्त नदेखिएकाले मत नदिएको बताएका छन् । राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको उनको भनाइ छ ।
नेपाल समूहका दुई दर्जन बढी सांसदले ओलीलाई सोमबार विश्वासको मत दिएका थिएनन् भने विश्वासको मत नपाएपछि ओली सरकार स्वतः पदमुक्त बनेको छ । यस्तो अवस्थामा साँझ एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘उहाँका गलत क्रियाकलापहरूको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्र प्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुने भएकोले सोही अनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं । यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्‍ठाको द्योतक हो ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष रहेका ओलीलाई नेपाल पक्षले देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरूलाई सच्याउन, पार्टी एकताका लागि आफूहरुले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गरेको छ ।

२०७८ बैशाख २७, सोमबार  मा प्रकाशित

Write your Comment