प्रधानमन्त्री ओली-बरिष्ठ नेता नेपाल बिच ‘वान टू वान’ वार्ता शुरू

२०७८ जेष्ठ २, आईतबार प्रकाशित

नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरू भएको छ ।
प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालबीच साढे १ बजेदेखि भेटवार्ता सुरुभएको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले बताउनुभयो ।

ओली र नेपालबीच पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनउन्मुख अवस्थालाई रोक्ने उद्देश्यले वार्ता भइरहेका छन् । दुई नेताले कार्यदलमार्फत विवाद समाधान गर्ने सहमति बमोजिम आज कार्यदल गठन हुने सम्भावना रहेको छ ।

Write your Comment