सिमरा वडा नम्बर २ मा निर्माण गरिएको आइसोलेशनमा गैर आवसिय नेपाली संघ युगान्डाको सहयोग

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित

बारा ३ जेष्ठ  :
गैर आवसिय नेपाली संघका अफ्रिकास्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त अभियान अन्तरगत बाराको सिमरा स्थित आईसोलेशनलाई करिब ७० हजार बराबरको स्वास्थ्य समाग्री हस्तान्तरन गरेको छ । यस संघले सोमबार प्रदेश नम्बर २ बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा संचालित आइसोलेशन सेन्टरमा आवश्यक पर्ने स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।
वडा नम्बर २ र स्थानिय युवाहरुको समुहले संचालनमा ल्याएको यस १० सैयाको आइसोलेशनलाई थप ब्यवस्थित बनाउन यस गैर आवसिय नेपाली संघका अफ्रिकास्थित राष्ट्रिय समन्वय समिति अन्तरगत युगान्डाबाट सहयोग हस्तान्तरण गरिएको हो ।
संघले यस आइसोलेशनलाई आवश्यक पर्ने सोडिएम हाइपोक्लोराईड २५ लिटर, सेनिटाईजर ५० लिटर, सरजीकल ग्लोभस २ सय थान, डिजीटल थर्मोमिटर ५ थान, अक्सिमिटर ५ थान, बेटाडिन ५ लिटर, सरजीकल मास्क ३ हजार थान र सिटमोल एक सय पत्ता स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठ, कार्यपालिका सदस्य शोभा कार्की, वडा सदस्य धनबहादुर श्रेष्ठ, चिनिमाया परियार, गैर आवसिय नेपाली संघ युगान्डाका कोषध्यक्ष संजीव शर्मा, स्थानिय समाजसेवि अफताब आलम, आइसोलेशन सांलन समितिका प्रकाश ढुङ्गाना लगाएतको उस्थिती रहेको थियो ।
एपी खबर डटकमका संचालक अनिल तिवारीको सहकार्यमा आयोजीत सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २ का वडा अध्यक्ष श्रेष्ठले सहयोगी हातहरुलाई विशेष धन्यवाद दिनुभएको थियो भने यस अभियानलाई सार्थक बनाउन अनि युवाहरुको हौसला बलियो बनाई उर्जा प्रदान गरेको प्रति गैर आवसिय नेपाली संघ युगान्डाका संयोजक बिनोद थापार सपरिवारलाई समेत अभियन्ता प्रकाश ढुङ्गानाले धन्वाद दिनुभएको थियो । सो अवसरमा युवा समाजसेवी सोमलाल बम्जन लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरीगैर आवसिय नेपाली संघका अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई अक्सि बैँक स्थापना गर्न अक्सि मिटिर उपलब्ध गराएको छ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले पैसा नहुनेहरुका लागि अक्सि मिटर किन्न गाह्रो हुने भएकोले अक्सि बैँक स्थापना गरेको र त्यस कार्यलाई शुरु गर्न एनआरएनको तर्फबाट संघलाई २० थान अक्सिमिटर हस्तान्तरण गरिएको नेपालका सहयोगी एवम एपी खबर डटकमका संचालक अनिल तिवारीले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघ जीतपुरका अध्यक्ष संजय साह, युर्व अध्यक्ष घन्श्याम गिरी, स्थानिय समाजसेवि आफताब आलम ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरक्षक कृष्णदेव सिह लगाएतको उपस्थिती रहेको थियो ।

Write your Comment