एकैदिन बारामा १७५ जनामा संक्रमण पुष्टि/जितपुरसिमराको संक्रमण दर ६८.८५ प्रतिशत

४ जेष्ठ २०७८, मंगलवार १६:४५ प्रकाशित

बारा ४ जेष्ठ :
बारामा एकैदिन १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न पालिकाहरु बाट गरिएको नमुना संकलन मध्ये कलैया अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७५ जनामा संक्रमण पुष्टि भएको कलैया अस्पतालले जनाएको छ । कलैयामा संक्रमण पुष्टि भएकामध्ये ११२ जना पुरुष र ६३ जना महिला रहेका छन् । यो संक्रमणको दर परिक्षणको ४७.२९ प्रतीशत हो । संक्रमित मध्ये जितपुर सिमराका ४२ जना रहेकाछन । गत शुक्रबार परीक्षणका लागी ६१ जनाको नमुना संकलन गरिएकोमा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र सििमराका डा. दिपक गिरीले जानकारी दिनुभयो। यो संक्रमणको झण्डै ६८.८५ प्रतिशत हो । यसले जितपुरसिमराको अवस्था भयाभह भएको देखिन्छ । यसै बिच जितपुरसिमरा उपमहानगरपालिकाले सिमरामा सोमबार देखि २० सैयाको आइसोलेशन संचालनमा ल्याएको छ ।सो आइसोलेसनमा १ जना संक्रमित राखेर उपचार भइरहेको डा.गीरीले बताउनुभयो । त्यसैगरी कलैयामा पनी ठुलै संख्यामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी निजगढमा २५ जना र कोल्हवीका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

४ जेष्ठ २०७८, मंगलवार १६:४५  मा प्रकाशित

Write your Comment