लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प/स्थानीयमा त्रास

५ जेष्ठ २०७८, बुधबार ०९:०५ प्रकाशित

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौं लगायत देशका बिभिन्न स्थानमा धक्का महसूस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।
भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको र केही भत्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।
यसै बिच मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका र फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको बताए ।

५ जेष्ठ २०७८, बुधबार ०९:०५  मा प्रकाशित

Write your Comment